७ बैशाख, २०८१ शुक्रबार

04:56:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १७९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

२७ भदौ, २०७९

थप १७९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन्  । जसमध्‍ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् ।