१६ चैत, २०८० शुक्रबार

03:52:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२६ भदौ, २०७९

 थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।