६ मंसिर, २०८१ बिहिबार
09:20:18 PM
६ माघ, २०७८
काठमाण्डौं
अबैध रुपमा कोरोना भाइरस विरुद्धको खोप बेचविखन गरेको पाइएमा कानूनी कारबाहि हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार अबैध रुपमा खोप बिक्रि वितरण गरेको पाइएमा कानून बमोजिम कडा कारबाही हुनेछ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ, ‘अबैध रुपमा खोप बेच्ने, किन्नेर लगाउने दुबैलाई प्रचलित कानून बमोजिम कडा कारबाही हुनेछ।’ स्वास्थ्य मन्त्रालयले कोरोना विरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहिले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन आग्रह गरुेको छ । सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइरहेको छ ।