१४ बैशाख, २०८१ शुक्रबार

09:08:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

२५ भदौ, २०७९

थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० जना निको भएका छन् । 

हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।