२७ बैशाख, २०८१ बिहिबार

02:58:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाकिस्तानमा आएको बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको क्षेती

Nepal Business

२५ भदौ, २०७९

पाकिस्तानमा आएको बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको क्षेती

एजेन्सी । पाकिस्तानमा आएको बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको क्षती भएको छ । यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८.२५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।

पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ । बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन् ।