१६ चैत, २०८० शुक्रबार

02:05:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२४ भदौ, २०७९

थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १८६ जनाको पीसीआर परीक्षण गर्दा ११० जना र २ हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जम्मा ३ हजार २९४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।