१७ बैशाख, २०८१ सोमबार

10:46:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

Nepal Business

२३ भदौ, २०७९

थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाण्डौं । नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।