१७ बैशाख, २०८१ सोमबार

05:30:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हेल्थ एट होमले डेंगु रोग पीडितलाई सुरु गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

२२ भदौ, २०७९

 हेल्थ एट होमले डेंगु रोग पीडितलाई सुरु गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

काठमाडौं ।  घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालिले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ।

पछिल्ला दिनमा राजधानीलगायत देशभर डेंगु संक्रमित तीव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुआत गरेको हो। कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निःशुल्क परामर्श सेवाको सुरुआत गरेको हो।

साथै यदि बिरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारका व्यवस्था मिलाइएको छ। कम्पनीले यसअघि कोभिड महामारीको समयमा समेत निःशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्थासमेत मिलाइएको थियो।