६ मंसिर, २०८१ बिहिबार
09:03:49 PM
५ माघ, २०७८
५ माघ । सरकराले कोरोना विरुद्धको खोपलाई निशुल्क रुपमा वितरण गरिरहेको छ । तर बाहिर गएर अबैध रुमपा लगाउँदै हुनुहुन्छ भने होसियार, काबाहीमा परिएला ।
कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने
सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाउनुभयो ।
“अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, उहाँले जारी गर्नुभएको सूचनालाई भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।”
सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ । रासस