६ मंसिर, २०८१ बिहिबार
07:33:49 PM
२१ भदौ, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ हजार ९८१ जनामा पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनामा एन्टिजेन परीक्षण गर्दा १२३ जना गरी थप ३०० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २४५७ रहेको छ ।