६ मंसिर, २०८१ बिहिबार

09:22:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटामोलको अभाव छैनः मन्त्रालय

Nepal Business

५ माघ, २०७८

सिटामोलको अभाव छैनः मन्त्रालय

 

स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले बजामा हल्ला फैलिएजस्तो सिटामोलको अभाव नरहेको बताएको छ । बुधबार भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले सबै स्वास्थ्या संस्थाहरुमा सबै औषधिको उपलब्धता रहेको भन्दै सिटामोल छैन भन्ने हल्ला सत्य नरहेको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ । मन्त्रालयले सिटामोललगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ । “यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ ।”


यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोललगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको उहाँको भनाइ रहेको छ । ठूला अस्पताल र प्रादेशिक अस्पताललाई  पनि अत्याश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी उहाँले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जानकारी दिनुभएको छ ।