८ मंसिर, २०८१ शनिबार

04:02:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कति घटायो सरकारले पीसीआर परीक्षण शुल्क ?

५ माघ, २०७८

कति घटायो सरकारले पीसीआर परीक्षण शुल्क ?

काठमाण्डौं
सरकारले कोभिड– १९ परीक्षण गर्ने आरटी पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार साप्ताहिक पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिनुभएको हो ।

यसअघि पीसीआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो । मन्त्रालयको कोभिड १९ प्रेस बिफिङमा डा.अधिकारीले सरकारी ल्याबमा १ हजार शुल्क समायोजन गरेर ८ र निजी ल्याबमा दुई हजारलाई समायोजन गरेर १ हजार ५ सय बनाउने बताउनुभयो । यो शुल्क बुधबारदेखि नै कार्यान्वयन हुने सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।