१७ बैशाख, २०८१ सोमबार

06:05:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतै तपाईंको घर वरपर पानी जम्ने ठाउँ छ भने हटाइहाल्नुस्...

Nepal Business

२० भदौ, २०७९

चिकित्सकले पानी ट्याङ्की, गाडीको डायर, वातावरण अनुकूल (एसि), गमला जस्तामा पानी जम्न दिन नहुने र घर नजिकको खाल्डाखुल्डी पनि पुर्न आग्रह गरेका छन् । एसिबाट निस्केको पानीमा लामखुट्टेले फुल पार्ने गरेको छ ।

कतै तपाईंको घर वरपर पानी जम्ने ठाउँ छ भने हटाइहाल्नुस्...

काठमाडौँ,
तपाईको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् ।

साँझ बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट अहिले दैनिक सयौं मानिस डेङ्गुको रोगबाट ग्रसित भएका छन् । 

नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाइँ पनि सङ्क्रमित हुनुहुनेछ । समयमा नै घर वरिपरी सफासुग्धर राख्यौँ भने डेङ्गु रोगबाट बच्न ससकिन्छ ।

साँझ बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट अहिले दैनिक सयौं मानिस डेङ्गुको रोगबाट ग्रसित भएका छन् । 

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ । 

चिकित्सकले पानी ट्याङ्की, गाडीको डायर, वातावरण अनुकूल (एसि), गमला जस्तामा पानी जम्न दिन नहुने र  घर नजिकको खाल्डाखुल्डी पनि पुर्न आग्रह गरेका छन् । एसिबाट निस्केको पानीमा लामखुट्टेले फुल पार्ने गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले घर वरिपरि पानी जम्ने संरचना हटाउनुपर्ने बताउनुहुन्छ । 

“अव्यवस्थित शहरीकरणले गर्दा घर वरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उहाँले भन्नुभयो, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” उहाँ डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगत रुपमा लाग्नुपर्ने बताउनुहुन्छ । 

 व्यक्तिगत रुपमा आआफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उहाँको सुझाव छ । 

निजामती कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । 

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।