१५ चैत, २०८० बिहिबार

07:58:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक

१९ भदौ, २०७९

भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक

काठमाडौं । भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको छ । बेलायतलाई पछि पार्दै भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको हो । बेलायत एक स्थान खस्किँदै छैटौं स्थानमा झरेको छ । ब्लुमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो । यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नै बेलायतलाई पछि पारेको हो। भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा ८ खर्ब ५४ अर्ब ७० करोड डलर छ। बेलायतको अर्थतन्त्रको आकार भने ८ खर्ब १६ अर्ब डलर छ। यस वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान छ।