८ मंसिर, २०८१ शनिबार

04:07:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कांग्रेस महामन्त्री शर्माको स–परिवारलाई कोरोना संक्रमण

५ माघ, २०७८

कांग्रेस महामन्त्री शर्माको स–परिवारलाई कोरोना संक्रमण

काठमाण्डौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ८ महिनापछि आफू सहित स–परिवारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको महामन्त्री शर्माले सामाजिक सञ्जाल (फेसबुक) मार्फत जानकारी दिनुभएको हो ।  

उँहाले भन्नुभयो, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु, लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा (पिसिआर) आज सबैको रिपोर्ट (पोजेटिभ)  चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन । एकसातामा फर्किन्छु काममा । भेट र सम्पर्क असुविधाप्रति सबैसँग बिनम्रतापुर्वक क्षमा चाहन्छु ।’ महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा बुधबार  कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पार्टीको संसिरमा  सम्पन्न १४ औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त हुनुभएको थियो । महामन्त्री शर्मा सहित स–परिवार हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा हुनुहुन्छ ।