१७ बैशाख, २०८१ सोमबार

09:47:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २०० जनामा कोरोना संक्रमण पुुष्टि, २ जनाको ज्यान गयो

Nepal Business

१८ भदौ, २०७९

थप २०० जनामा कोरोना संक्रमण पुुष्टि, २ जनाको ज्यान गयो

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ भण्टामा २ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् ।

हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।