११ बैशाख, २०८१ मंगलबार

03:03:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किए

Nepal Business

१८ भदौ, २०७९

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किए

एजेन्सी । । देशमा आर्थिक संकटका कारण भएको हिसाँ चर्किएपछि देश छाड्नु भएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किनुभएको छ ।

राजापाक्षे स्वदेश फर्किएको कोलम्बो विमानस्थलका अधिकारीले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रदा मन्त्रीहरू र राजनीतिज्ञको समुहले स्वागत गरेका जनाइएको छ । 

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य सरकारी कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि राजापाक्षे देश छोडेर भाग्नुभएको थियो । श्रीलंका एअरफोर्सको विमानबाट माल्दिभ्स पुग्नुभएको थियो । त्यहाँबाट उहाँ सिंगापुर पुग्नुभयो । 

सिंगापुरमै रहेका बेला राजापाक्षेले जुलाइ १३ मा पदबाट राजीनामा दिनुभएको थियो ।