१७ बैशाख, २०८१ सोमबार

07:46:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

१७ भदौ, २०७९

थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ हजार ५९५ पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनामा एन्टिजेन परीक्षण गर्दा ७२ जना गरी थप २०६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ ।