८ बैशाख, २०८१ शनिबार

05:56:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा

Nepal Business

१६ भदौ, २०७९

विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उहाँको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेश गरेको थियो ।

सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा

सुर्खेत,
अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताउनुभएको छ । 

सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज विहिबार आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उहाँले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताउनुभयो । 

सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज विहिबार आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उहाँले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताउनुभयो । 

अर्थमन्त्री शर्माले सङ्घीय सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रष्ट पार्नुभयो । 

विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उहाँको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेश गरेको थियो । 

मागपत्रमा सुर्खेत विमास्थल विस्तार, प्रादेशिक औद्योगिक क्षेत्र निर्माण, कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा तीव्रता दिनुपर्ने, कोभिड–१९ ले थला परेको व्यवसायको पुनरुत्थानका लागि पुनःकर्जा नीति खुकुलो बनाइनुपर्नेलगायत विषय समावेश गरिएको छ ।