१७ बैशाख, २०८१ सोमबार

07:19:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २६९जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१६ भदौ, २०७९

थप २६९जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ हजार ७३२ पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनामा एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी थप २६९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ रहेको छ ।