८ मंसिर, २०८१ शनिबार
03:39:16 PM
१५ भदौ, २०७९
काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरुले आन्दोलनमा उत्रिएका हुन् ।
आफ्ना मागको सुनुवाइ नहुने देखेपछि आन्दोलनमा उत्रिनुपरेको र जबसम्म माग पूरा हुँदैन तबसम्म पछि नहट्ने कर्मचारीहरुले जनाएका छन् । बुधबारदेखि कर्मचारीहरुले विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई १ साताको समयसीमा दिएका छन् ।
आगमी २१ भदौसम्ममा माग पुरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालावन्दी गर्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन् ।