२४ बैशाख, २०८१ सोमबार

07:45:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नासाले चन्द्रमामा पठाउन लागेको शक्तिशाली रकेटको प्रक्षेपण रोक्यो, इन्जिनमा देखियो समस्या, अब शुक्रबार पठाउने तयारी

Nepal Business

१३ भदौ, २०७९

स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । मानव पठाउनका लागि यो रकेट परीक्षणका रुपमा प्रक्षेपण गर्न लागिएको हो ।

नासाले चन्द्रमामा पठाउन लागेको शक्तिशाली रकेटको प्रक्षेपण रोक्यो, इन्जिनमा देखियो समस्या, अब शुक्रबार पठाउने तयारी

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ।

रकेटको इन्जिनमा समस्या देखिएपछि आज सोमबारका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ।

रकेटको इन्जिनमा समस्या देखिएपछि आज सोमबारका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ।

मानवरहित उक्त रकेटमा देखिएको समस्या समयमै हल गर्न नसकिएपछि उक्त कदम चालिएको थियो।

अर्को सम्भावित प्रक्षेपणको मिति आगामी शुक्रवारलाई भनिएको छ।

आर्टमिस कार्यक्रमले मानवलाई पुन चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ।

यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको छ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उक्त कार्यक्रमले नयाँ युगको सुरुवात गर्ने बताएकी थिइन्।

स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।

त्यसले ५० वर्षको रिक्ततापछि मानवलाई चन्द्रमामा पठाउन लागेको नासाको आर्टमिस कार्यक्रमका लागि एउटा आधारस्तम्भ खडा गर्ने भनिएको छ।

केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार ८ बजेर ३३ मिनेट अर्थात् जीएमटी समय १२ बजेट ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो।

तर प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गर्यो। इन्जिनको समस्या समाधान भए सेप्टेम्बर २ मा रकेट प्रक्षेषण हुने जनाइएको छ। बिबिसी