१६ चैत, २०८० शुक्रबार

04:51:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णालीका दुई मन्त्रीले किन दिए राजीनामा ?

Nepal Business

१२ भदौ, २०७९

मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ ।

कर्णालीका दुई मन्त्रीले किन दिए राजीनामा ?

कर्णाली, 
कर्णाली प्रदेशका दुई जना मन्त्रीले आज आइतबार राजीनामा दिनुभएको छ ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिनुभएको हो । 

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिनुभएको हो । मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ ।

शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँहरूलाई मुख्यमन्त्री शाहीले आज नै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।