१७ बैशाख, २०८१ सोमबार

11:43:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २०२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१२ भदौ, २०७९

थप २०२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जम्मा ३ हजार ८३३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।