२४ बैशाख, २०८१ सोमबार

08:41:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अष्ट्रेलियामा आर्थिक मन्दीको संकेत, आम्दानीको अनुपातमा कर्जा १८७.२ प्रतिशतले वृद्धि

१२ भदौ, २०७९

अष्ट्रेलियामा आर्थिक मन्दीको संकेत, आम्दानीको अनुपातमा कर्जा १८७.२ प्रतिशतले वृद्धि

काठमाडौं । अष्ट्रेलियामा आर्थिक मन्दीको संकेत देखिएको छ । सन् १९९१ को आर्थिक मन्दीपछि पहिलो पटक अष्ट्रेलिया पुनः सोहि अवस्थामा फर्किएको छ । अष्ट्रेलियमा आर्थिक संकटको मुख्य कारण व्याजदरमा वृद्धि, आम्दानीभन्दा कर्जाको दर बढी हुनु र मुद्रास्फितीलाई मानिएको छ । जसमध्ये सबैभन्दा धेरै प्रभाव सिड्नीमा देखिएको छ ।

घरजग्गा कारोबार घटेको छ भने आम्दानीको अनुपातमा कर्जा १८७.२ प्रतिशतले वृद्धि हुँदा जोखिम बढेको छ । पछिल्लो तीन महिनामा उक्त शहरमा घरको मूल्य ५ प्रतिशतले घटिसकेको छ । राष्ट्रिय स्तरमा भने यो गिरावट २ प्रतिशत हो । रिजर्भ बैंकले दुई साताभित्र दोश्रो पटक व्याजदर बढाएकाले यो गिरावट आगामी महिनाहरुमा पनि जारी रहने सम्भावना रहेकाे छ ।