१७ बैशाख, २०८१ सोमबार

09:09:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१० भदौ, २०७९

थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परिक्षणका क्रममा १६३ जना र १ हजार ८४२ एन्टीजेन परिक्षणका क्रममा १६१ जना गरी थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४१८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।