२६ बैशाख, २०८१ बुधबार

09:00:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोभिडको निःशुल्क परीक्षण हुनुपर्ने उपभोक्ता मञ्चको माग

४ माघ, २०७८

कोभिडको निःशुल्क परीक्षण हुनुपर्ने उपभोक्ता मञ्चको माग

काठमाण्डौं

राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागतभन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको बताउनुभयो । 

उँहाले भन्नुभयो, ‘निजी अस्पतालले ऐन्टीजेन टेस्ट गरेबापत न्यूनतम पाँच सय रुपैयाँ लिएको र पिसिआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम दुई हजार र सरकारी अस्पतालमा एक हजार लिइरहेको गुनासो छ । सम्पूर्ण परीक्षण गर्न टेस्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दासमेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा ८०० भन्दा बढी पर्दैन ।’

महर्जनले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘सरकार आफैँले पनि प्रत्येक नागरिकलाई शङ्का लागेमा पिसिआर र एन्टीजेन परीक्षण गर्न अनुरोध गर्दै आएको छ भने सार्वजनिक स्थल, समारोह आदि ठाउँहरुमा जान पिसिआर गरेको वा एन्टीजेन परीक्षण गरेको प्रमाणपत्र तथा खोप लिएको प्रमाणपत्र अनिवार्य गरेको छ ।’