२४ बैशाख, २०८१ सोमबार

06:20:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका १० अर्बपतिको सूची परिवर्तन, कस्ले कुन स्थान हासिल गरे ?

Nepal Business

९ भदौ, २०७९

विश्वका १० अर्बपतिको सूची परिवर्तन, कस्ले कुन स्थान हासिल गरे ?

एजेन्सी । विश्वका १० अर्बपतिको सूचीमा ठूलो परिवर्तन आएको छ । यसमा परिवर्तन आएसँगै विश्वका धनी व्यक्ति तथा भारतीय उद्योगपति मुकेश अम्बानी एक छलांग लगाएर अहिले विश्वको नवौं धनी व्यक्ति बन्नुभएको छ । 

उहाँ नौँ स्थानमा पुग्दा विश्वका धनी व्यक्त वारेन बफेन सातौँ स्थानमा झर्नुभएको छ । बफेटको कुल सम्पत्ति १००.३ बिलियन डलरमा झरेको छ । अब उहाँको स्थानमा ल्यारी एलिसन १०५.८ बिलियन डलरसहित छैटौं धनी व्यक्ति हुनुभएको छ । 

फोर्ब्सको रियल टाइम सूची अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एसियाका दोस्रो धनी मुकेश अम्बानीको कुल सम्पत्ति पछिल्लो २४ घण्टामा १.५ अर्ब डलरले बढेको छ । यो गतिसँगै उहाँको कुल नेटवर्थ (मुकेश अम्बानी नेटवर्थ) बढेर ९५.९ बिलियन डलर पुगेको छ । 

शीर्ष १० अर्बपतिको सूचीमा परेका एसियाकै धनी व्यक्ति गौतम अडानीले चौथो नम्बरमा आफ्नो उपस्थिति कायमगर्नुभएको छ ।  उहाँको कुल सम्पत्ति १३८.६ अर्ब डलर पुगेको छ ।

सन् २०२२ मा गौतम अडानी, एलोन मस्क, जेफ बेजोस र अन्य शीर्ष अर्बपतिहरूको कमाईको मामिलामा अगाडि छन् ।

टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलोन मस्क २५८.८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको नम्बर १ धनीको स्थानमा यथावत छन् ।

यस्तै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १६३.७ बिलियन डलरको सम्पत्तिका साथ विश्वका दोस्रो धनी व्यक्ति हुनुभएको छ । 

त्यस्तै जेफ बेजोस १५७.७ बिलियन डलरको कुल सम्पत्तिका साथ तेस्रो स्थानमा हुनुहुन्छ । बिल गेट्स ११२.२ बिलियन डलरको साथ पाँचौं धनी व्यक्ति हुन् । यसबाहेक ल्यारी पेज ९७.७ बिलियन डलरसहित आठौं स्थानमा छन् ।