२४ बैशाख, २०८१ सोमबार

10:59:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

८ भदौ, २०७९

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जना गरी थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जम्मा ४ हजार १७७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।