९ मंसिर, २०८१ आइतबार
02:17:51 PM
८ भदौ, २०७९
काठमाण्डौं । शैलुङस कस्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी सहित १० वटा निर्माण कम्पनीलाई कालो सूची परेका छन् । शैलुङस कस्ट्रक्सन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का घरवेटीको हो ।
उक्त कम्पनी अहिले शारदाप्रसाद अधिकारीका छोरा अनुप अधिकारीको नाममा कम्पनी रहेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सूचना मार्फत जानकारी दिएको हो ।
विभिन्न पार्टीका व्यक्तिलाई आफ्नो बसमा पारेर सडक, पुललगायत सरकारी र सार्वजनिक संरचना निर्माणको ठेक्का हात पारेर अलपत्र पार्दै आएका छन् ।
उनले शक्तिको आडमा बालाजु–रानीपौवा सडक २०७१ जेठ २२ मा गरिएको सम्झौताअनुसार ०७३ असार ३ सम्म सडक निर्माण सकिनुपर्ने थियो । तर, उक्त सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का सम्झौता तोडेको थियो ।
यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई चिनियाँ निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा कार्यालयले चोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड र चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडलाई कालो सूचीमा राखिएको हो । दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
यस्तै सुन्दरहरैचा नगरपाकिलाको सिफारिसमा बलिया कन्स्ट्रक्सन इटहरी, शहरी विकास तथा भवन निर्माण विभागको सिफारिसमा जोसोन कन्स्ट्रक्सन एण्ड सप्लार्स, शुल्ला फाँटा नगरपालिकाको सिफारिसमा जस्ट इन टाइम कन्स्ट्रक्सन पोखरा, नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशको सिफारिसमा महालक्ष्मी वायर एण्ड केबल इन्डस्ट्रिज कालो सूचीमा परेको सूचना जारी भएको छ ।
यसैगरी अर्जुन धारा नगरपालिकाको सिफारिसमा एस्पियल ग्रुप अफ इन्जिनियर्स विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा सर्जिकल डिस्ट्रिव्यूर्टस धरान र कुम्पायल गाउँपालिकाको सिफारिसमा तुम्येहाङ निर्माण सेवा फिदिम कालो सूचीमा राखेको खरिद अनुगमन कार्यालयले जनाएको छ।