२४ बैशाख, २०८१ सोमबार

02:15:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको ज्यान गयो

Nepal Business

७ भदौ, २०७९

थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको ज्यान गयो

काठमाण्डौं । नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परिक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ४ सय १७ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।