९ मंसिर, २०८१ आइतबार
05:01:08 PM
६ भदौ, २०७९
काठमाण्डौं । नेपालमा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ४ सय ५६ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।