७ बैशाख, २०८१ शुक्रबार

06:09:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ’

Nepal Business

५ भदौ, २०७९

“मुलुकमा औद्योगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो ।

‘प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ’

काठमाडौँ,
बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । 

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले आज आइतबारदेखि सुरु गरेको पाचौँ दसैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उहाँले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो । 

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले आज आइतबारदेखि सुरु गरेको पाचौँ दसैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उहाँले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो । 

“मुलुकमा औद्योगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो ।

प्रदेश सरकार उद्योगको विकासका लागि सधैँ अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माण गर्न प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने स्पष्ट पार्नुभयो । 

मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योग विकास समिति प्रदेशका सबै जिल्लामा रहेको बताउँदै उक्त कार्यालयमार्फत औद्योगिक गतिविधि भइरहेको उल्लेख गर्नुभयो । उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ ।