२४ बैशाख, २०८१ सोमबार

06:32:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि, ४८७ संक्रमणमुक्त

३ भदौ, २०७९

थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि, ४८७ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२१ पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ एन्टिजेन परीक्षण गर्दा ३७७ जना गरी थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन्। पछिल्लो २४ घण्टामा ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५०२४ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।