२४ बैशाख, २०८१ सोमबार

04:14:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपति भण्डारीद्धारा ‘ह्युमन मिल्क बैंक’को उद्घाटन

Nepal Business

३ भदौ, २०७९

राष्ट्रपति भण्डारीद्धारा ‘ह्युमन मिल्क बैंक’को उद्घाटन

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको बताउनुभएको छ । 

शुक्रबार काठमाण्डौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुने पनि बताउनुभएको हो । 

उहाँले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तर रुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उहाँले बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले बृहत् स्तनपान व्यवस्थापन केन्द्र ह्युमन मिल्क बैंक ‘अमृत कोष’को पनि उद्घाटन गर्नुभयो ।