२४ बैशाख, २०८१ सोमबार

10:30:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिए

Nepal Business

३ भदौ, २०७९

श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिए

एजेन्सी । श्रीलंकका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिनुभएको छ । देशमा आर्थिक संकट आएका बेला गत जुलाईमा भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन दिएको बताइएको छ । 

उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको श्रीलंकाको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहेको जानकारी दिनुभयो ।

गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि उहाँले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कानून व्यवसायीहरुसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ । समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ ।

उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेको जनाइएको छ । 

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उहाँको निवास घेर्न थालेपछि देश छोडेर भाग्नु परेको थियो ।