२१ बैशाख, २०८१ शुक्रबार

12:40:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

Nepal Business

२ भदौ, २०७९

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

काठमाण्डौं । सरकार र नीजि क्षेत्रको साझेदारीमा आयोजना हुने नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।

यहि भदौ २८ गते नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र नीजि क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहिवार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो ।

समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ बर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालीम र यस्तो सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदैं यो सम्मेलनले देशभरका युवाहरुमा वित्तीय साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानून, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजिकरण गर्ने बताउनुभयो ।

युवा उद्यमशीलताका लागि वातावरण बनाउदै स्टार्टअपहरुको संख्यात्मक र गुणात्मक सहभागीताका लागि सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनमा स्टाटअर्प स्टोरी आदान–प्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवकिङ, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनिय कार्यको डेमो प्रदर्शन, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन्।

सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।