२४ बैशाख, २०८१ सोमबार

02:45:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि, ४२१ संक्रमणमुक्त

२ भदौ, २०७९

२४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि, ४२१ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर परीक्षण गर्दा २२४ जना र २ हजार ८४८ एन्टिजेन परीक्षण गर्दा ३१८ जना गरी थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन्। पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २६५ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।