२१ चैत, २०८१ बिहिबार
04:19:12 AM
२ भदौ, २०७९
काठमाण्डौं । नेपालमै पहिलो पटक हुन गइरहेको नाडा इभी एक्सपो २०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ ।
बिहीबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले विज्ञप्ती जारी गर्दै आज बाट भदौ ५ गते सम्मका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको हो ।
आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ ।
एक्स्पो समितिका सभापति अनुप बरालले सो कुराको जानकारी दिनुभयो । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गर्नुभयो ।