२४ बैशाख, २०८१ सोमबार

07:28:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देश छोडेर भागेका राजापाक्षे स्वदेश फर्किदैँ

२ भदौ, २०७९

देश छोडेर भागेका राजापाक्षे स्वदेश फर्किदैँ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेका उहाँका भतिजा उदयांगा वीरातुंगाले जानकारी दिनुभएको छ । आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भाग्नुभएको थियो ।

२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन् । गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुंगिएको थियो ।