२४ बैशाख, २०८१ सोमबार

07:05:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त

१ भदौ, २०७९

२४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ एन्टिजेन परिक्षणका क्रममा ३ सय २१ जनामा गरी थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।