२४ बैशाख, २०८१ सोमबार

12:28:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

३१ साउन, २०७९

२४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार  ७२२ पीसीआर परीक्षण गर्दा ३९९ जना र २ हजार ८९७ एन्टिजेन परीक्षण गर्दा ४४९ जना गरी थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २५९ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।