२४ बैशाख, २०८१ सोमबार

03:52:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न श्रीलंकाका राष्ट्रपतिद्धारा निर्देशन

Nepal Business

३१ साउन, २०७९

सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न श्रीलंकाका राष्ट्रपतिद्धारा निर्देशन

एजेन्सी । श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेले सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । 

उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनँएका छन् । 

श्रीलंककाले  हाल सामना गरिरहेको आर्थिक संकटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।

उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि जनाएको छ । 

यस्तै राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि दिर्नेशन दिनुभएकोे छ ।