६ जेठ, २०८१ आइतबार

05:39:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

३० साउन, २०७९

२४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ३८७ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।