६ जेठ, २०८१ आइतबार

08:46:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२९ साउन, २०७९

२४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०८ पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ५२१ एन्टिजेन परीक्षण गर्दा १५० जना गरी थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ४३५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।