२७ बैशाख, २०८१ बिहिबार

01:08:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा कति पुग्यो कुल बीमालेख संख्या ?

Nepal Business

२९ साउन, २०७९

एक वर्षमा कति पुग्यो कुल बीमालेख संख्या ?

काठमाडौं ।  गत आर्थिक वर्ष २०७८÷७९ मा कुल बीमालेख संख्या ४४ लाख ८६ हजार ७८२ ले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार अघिल्लो वर्षको असार मसान्तदेखि गत वर्षको असार मसान्तसम्म बीमालेख संख्या ५२.०९ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्षको असार मसान्तसम्म कुल बीमालेख संख्या ८६ लाख १२ हजार ८५० रहेकोमा गत आवको सोहि अवधिमा ५२.०९ प्रतिशतले बढेर १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको छ ।  

यस्तै कुल निर्जीवन बीमालेख पनि बढेको छ । एक वर्षको अवधिमा बीमालेख २.०६ प्रतिशतले बढेर २७ लाख ८८ हजार १८ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २७ लाख ३१ हजार ७७३ बीमालेख रहेको थियो । 

म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ५४.०३ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ५३ लाख १ हजार ५६७ पुगेको छ भने म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या ६९ लाख ६ हजार ९५२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ७९ लाख २६ हजार २०३ रहेको थियो ।

यस्तै वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष २९.७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म ६ लाख ८६ हजार ६४७ बीमालेख रहेकोमा गत वर्ष बढेर ८ लाख ९१ हजार ११३ पुगेको छ ।  

यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि १६.४८ प्रतिशतले वृद्धि भएको समितिको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ६५ करोड बीमा शुल्क संकलन भएको गत वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १ खर्ब ७७ अर्ब ८१ करोड ४ लाख रुपैयाँ पुगेको छ ।  

समितिका अनुसार जीवन बीमा शुल्क संकलनमा पनि १४.६३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । 
अघिल्लो वर्षको असार मसान्तसम्म १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थियो। 

निर्जीवन बीमा शुल्क संकलनमा पनि २३.५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म ३१ अर्ब ७० करोड बीमा शुल्क संकलन भएको थियो । 

यस अवधिमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ५० लाख ३६ हजार ४८९ रहेको छ । पाँच प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहितको संख्या १ करोड १५ लाख ९८ हजार ०९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ७५ लाख २९ हजार ८९३ रहेको थियो ।

समितिको तथ्यांक अनुसार म्यादी, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १६.१५ प्रतिशत रहेको छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसंख्या ४१.२० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा २७.५३ प्रतिशत जनसंख्या रहेको थियो ।

म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख सहित बीमाको दायरामा आएको जनसंख्या ३८.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बीमाको दायरामा आएको म्यादी र लघु म्यादी बीमा जीवनबीमा लेख जनसंख्या २५.२३ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । 

बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि १४.७६ प्रतिशतले वृद्धि भएको समितिले जनाएको छ । अघिल्लो वर्ष बीमा कम्पनीका कार्यालयहरु २ हजार ९३३ रहेकोमा यस वर्ष ३ हजार ३६६ पुगेका छन् । 

यसैगरी यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या भने १०.३१ प्रतिशतले बढेर ११ हजार ८६१ जना पुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ७५२ कर्मचारी पुगेको थियो ।