८ बैशाख, २०८१ शनिबार

08:10:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन बोलाए विशेष साधारणसभा

Nepal Business

७ चैत, २०७९

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने छन्। प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन बोलाए विशेष साधारणसभा

आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।

दुबै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुबै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

दुबै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुबै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

दुबै संस्था बराबरी हैसियतमा गाभिने छन्। गाभिएपछि नाम आइजीआय प्रुडेन्सियल इन्स्योरेन्स नाम हुने छ।

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने छन्। प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

आइएमई जनरल चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६।५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ।

मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।