१६ चैत, २०८० शुक्रबार

10:48:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री महत

Nepal Business

२ जेठ, २०८०

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उहाँको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताउनुभयो ।

बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।  

नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।  

“पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । 

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उहाँको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताउनुभयो । 

“यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन ।  बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए÷नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । 

 

सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँलाउनुभयो । प्राधिकरणले नियामकका रुपमा स्वतन्त्र ढङ्गले आफ्नो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।