२६ बैशाख, २०८१ बुधबार

03:42:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बिमा कम्पनीले गर्यो गत आवको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरण, नाफा ५७ करोड २३ लाखमा सिमित ।

Nepal Business

२७ साउन, २०७९

जुन अघिल्लो वर्षको तुलनामा ३८.१७५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ९२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अन्य खर्च र व्यवस्थापन खर्च बढेको हुनाले पनि यसको नाफामा केही प्रभाव परेको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ र जीवन बिमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल पुनर्बिमा कम्पनीले गर्यो गत आवको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरण, नाफा ५७ करोड २३ लाखमा सिमित ।

काठमाडौं:  नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा निर्जीवन बिमा व्यवसायतर्फ ६० करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ भने जीवन बिमातर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ घाटा व्यहोरेको विवरणमा उल्लेख छ । यस अवधिसम्म दुवै बीमा व्यवसाय मार्फत ५७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 
 
जुन अघिल्लो वर्षको तुलनामा ३८.१७५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ९२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अन्य खर्च र व्यवस्थापन खर्च बढेको हुनाले पनि यसको नाफामा केही प्रभाव परेको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ ८२ करोड ४७ लाख ६५ हजार रुपैयाँ र जीवन बिमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
गत चैत मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ र जीवन बिमा व्यवसायबाट १ करोड ३२ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । चैत मसान्तसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ । चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ९१ करोड ४ लाख रुपैयाँ र जीवन बिमातर्फ ५९ करोड ५ लाख ४८ हजार रुपैयाँ जम्मा भएको छ । 
 
गत वर्षको सोही अवधिको तुलनामा निर्जीवनको जगेडा कोष बढेको छ भने जीवनको जगेडा कोष घटेको छ। अघिल्लो वर्ष निर्जीवनतर्फ २ अर्ब ७३ करोड २२ लाख रुपैयाँ र जीवनतर्फ ६३ करोड ७५ लाख ९४ हजार रुपैयाँ जगेडा रहेको थियो । निर्जीवन बिमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ ।