३ जेठ, २०८१ बिहिबार

06:10:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रसारण पूर्वाधारमा प्राधिकरणको फड्को मार्यो

Nepal Business

२६ साउन, २०७९

अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

प्रसारण पूर्वाधारमा प्राधिकरणको फड्को मार्यो

काठमाडौँ,

विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ ।

 प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल सात सय ५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । 

ग्रीड सवस्टेशनको क्षमता सात सय चार एमभिए बराबर थपिएको छ ।  प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । 

प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रुपमा अगाडि बढिरहेको प्राधिकरणले आफ्नो लक्ष्यअनुसार नै काम भएको जनाएको छ । 

ग्रीड सवस्टेशनको क्षमता सात सय चार एमभिए बराबर थपिएको छ ।  प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । 

अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

सो प्रसारण लाइनबाट तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणको भनाइ छ ।